काठमाण्डौ । पछिल्लो समय रुसबाट कच्चा तेल आयात गरेर भारतीय कम्पनीहरु मालामाल बनिरहेको छ। अर्कोतर्फ तेल आयातको यसअघिको सबै रेकर्ड पनि तोडिएको छ।
रुसबाट भारतको कच्चा तेलको आयात फेब्रुअरीमा प्रतिदिन १६ लाख ब्यारेलको रेकर्डमा पुगेको छ। यो भारतका परम्परागत आपूर्तिकर्ता इराक र साउदी अरेबियाको संयुक्त तेल आयातभन्दा बढी हो।
भारतबाट आयात हुने तेलको एक तिहाइभन्दा बढी तेल रुसले मात्रै आपूर्ति गरेको तेल आयात–निर्यातको अनुगमन गर्ने संस्था भेर्टेक्साले जनाएको छ। रुस लगातार पाँचौँ महिनामा भारतलाई कच्चा तेलको सबैभन्दा ठूलो आपूर्तिकर्ता बनेको छ।
सन् २०२२ को फेब्रुअरीमा रुस र युक्रेनबीच भएको युद्धसम्म भारतको तेल आयातको १ प्रतिशतभन्दा कम हिस्सा रुसको थियो। तर, गत महिना फेब्रुअरीमा यो ३५ प्रतिशतले बढेर १६.२० लाख ब्यारेल प्रतिदिन पुगेको छ।
रुसबाट भारतको आयात बढेपछि साउदी अरेबिया र अमेरिकाबाट हुने तेल आयातमा असर परेको छ। साउदी अरबबाट आयात हुने तेल मासिक आधारमा १६ प्रतिशतले घटेको छ भने अमेरिकाबाट आयात हुने तेल ३८ प्रतिशतले घटेको छ।
भर्टेक्साका अनुसार भारतले अहिले रुसबाट जति तेल आयात गरिरहेको छ, दशकौँदेखि यसको आपूर्तिकर्ता इराक र साउदी अरबबाट भएको कुल आयातभन्दा बढी छ।
भर्टेक्साकी एसिया–प्यासिफिक विश्लेषण प्रमुख सेरेना हुआङले रुसबाट आउने सस्तो कच्चा तेलको प्रशोधनले भारतीय रिफाइनरहरुलाई उच्च मार्जिन प्रदान गरिरहेको बताइन्। ‘आगामी दिनमा पनि यो क्रम जारी रहने अपेक्षा गरिएको छ’, उनले भनिन्।
युक्रेनमाथि आक्रमणपछि पश्चिमी देशहरूले लगाएको आर्थिक नाकाबन्दीको सामना गर्न रुसले हाल भारतलाई रेडर्कतोड मात्रामा कच्चा तेल बिक्री गरिरहेको छ। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19