काठमाण्डौ। लकडाउनमा फसेको आफ्नो छोरालाई ल्याउन एक महिलाले स्कुटरमा १४ सय किलामिटर यात्रा गरेको घटना सार्वजनिक भएको हो।

यो घटना हो भारतको तेलंगानास्थित निजामाबादको हो। त्यहाँ ५० वर्षीय रजिया बेगमले करिब १४ सय किलोमिटर स्कुटरमा यात्रा गरेर तीन दिन लगाएर लकडाउनमा फसेको आफ्नो छोरालाई घर ल्याएकी हुन्। उनले सोमबार स्थानीय प्रहरीसँग अनुमति लिएर स्कुटर चढेर छोरो लिन आन्ध्रप्रदेशको नेल्लौरमा गएकी थिइन्। त्यसपछि उनी त्यहाँ फसेको आफ्नो छोरालाई लिएर बुधबार साँझमात्र घर फर्किन्।  

रजियाले स्कुटरमा लामो यात्रा गर्न कठिन भए पनि आफ्नो छोरालाई घर ल्याउने दृढ निश्चयले यो यात्रा सफल भएको बताइन्। रातको समयमा भने सुनसान सडकमा निकै डर लागेको उनले सुनाइन्। 

रजिया एउटा स्कुलको हेडमिस छिन्। उनका पतिको १५ वर्षअघि नै निधन भइसकेको छ। उनका छोरा १५ वर्षका निजामुद्दिन छन्। निजामुद्दिन एमबीबीएसको तयारी गरिरहेका छन्। 

निजामुद्दिन रहमताबादमा फेसेका थिए। उनी आफ्ना साथीहरुलाई छोड्न त्यहाँ पुगेका थिए तर लकडाउनमा फसे।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भारत सरकारले देशभर २५ मार्चसम्म लकडाउन गरेको छ। – एजेन्सी