काठमाण्डौ । कोरोनाको नियन्त्रण र रोकथामका लागि यबितेला विश्वभर लकडाउन जारी रहेका छन्।

लकडाउनले गर्दा मानिसहरु घरमै बस्न बाध्य भएका छन्। समय कटाउन मानिसहरु घरभित्रै विभिन्न खेलहरु खेल्ने गरिरहेका छन्। 

अहिले अनलाइनमै पनि बढी नै खेल खेल्न थालिएको छ। तर भारतको गुुजरात राज्यको बडोदरामा लुुडो एउटा परिवारको कलहका कारण बनेको छ। 

अनलाइन लुुडोमा एक परिवारकी महिलाले आफ्नो पतिलाई हराउँदा दुुवैबीच झगडा भएको थियो। झगडा यतिसम्म अगाडि बढेको थियो कि पतिले निर्घात कुुटेर पत्नीको ढाडको हड्डी नै भाँचिदिएका छन्। 

भारतको १८१ अभयम हेल्पलाइन नम्बरमा आएको गुुनासोपछि घटनाका बारेमा जानकारी पाइएको थियो। काउन्सलरका अनुुसार २४ वर्षीया पीडित महिला बेमाली भन्ने ठाउँमा बस्ने गर्छिन्। उनी घरमा ट्युुसन पढाउने काम गर्छिन्। उनका पति इलेक्ट्रोनिक कम्पनीमा काम गर्ने भारतीय मिडियाहरुले जनाएका छन्। 

लकडाउनका कारण दुुवै पति–पत्नी घरमै बसिरहेका थिए। दुुवैजनाले समय कटाउन अनलाइन लुुडो खेल्ने फैसला गरेका थिए। 

काउन्सलरका अनुुसार पत्नीले आफ्ना पतिलाई लगातार तीनदेखि चार राउन्डसम्म हराएकी थिइन्। पटकपटक हारेपछि पति आफ्नी पत्नीदेखि रिसाएका थिए र उनले झगडा गर्न सुुरु गरेका थिए। 

झगडाका क्रममा उनी यति क्रोधित बनेका थिए कि उनले आफ्नी पत्नीको ढाडको हड्डी नै भाँच्न पुुगे। पछि रिस साम्य भएपछि उनले पत्नीलाई आफै अस्पताल पुुर्याएका थिए।  

अस्पतालमा उपचार भएपछि पत्नीले घर जान मानेकी थिइनन्। तर पतिले आफ्नो गल्ती महसुस गर्दै माफी मागेपछि उनी घर जान राजी भएकी थिइन्। 

परियोजनाका संयोजक चन्द्रकान्त मकवानाले पतिलाई चेतावनी दिँदै आइन्दा यस्तो हर्कत गरे कानुुनी कारवाही गर्ने चेतावनी दिएका छन्। – एजेन्सी