काठमाण्डौ । लकडाउनका दौरान एक युवक सब्जी र खाद्यान्न किन्नका लागि बजारमा निस्के तर घर फर्किंदा बेहुली लिएर आए। विवाहको यो अजीव घटना भारत उत्तर प्रदेशको गाजियाबाद जिल्लामा भएको हो।
गाजियाबाद जिल्ला साहिबाबाद इलाकामा लकडाउनमा अचानक दुुलहीको घर ल्याउँदा युुवककी आमाको होश उड्यो। वास्तवमा ती छोरा आफ्नी प्रेमिकालाई पत्नी बनाएर ल्याएका थिए। चिन्तित केटाकी आमाले दुुलहीलाई आफ्नो घरमा प्रवेशमा रोक लगाइन्। यसपछि यो घटना प्रहरी थानासम्म पुुग्यो।
नयाँ दुुलहा र दुुलही दुवैजना प्रहरी चौकीमा उपस्थित थिए। त्यहाँ केटाकी आमा पनि आइन् र खुुला शब्दमा भनिन्, ‘लकडाउन उल्लघंन गर्ने केटालाई घरमा पस्न दिन्न। छोरा रासन लिन गएका थिए र केटी विवाह गरेर ल्यायो।’
केटाकी आमा राजी नभएपछि प्रहरीले दुुलहा–दुुलहीलाई अलग्गै घर भाडामा लिएर बस्न भनेको छ।
लकडाउनका दौरान घरभन्दा बाहिर निस्केका यी युुवाले अचानक दुुलही लिर घर पुुग्ने घटना व्यक्तिहरुका लागि टाउको दुुखाइको विषय बनेको छ। विवाह गरेर आएका नयाँ जोडी साहिबाबादकै श्याम पार्क इलाकामा रहने बताइएको छ।
केटाकी आमा भन्छिन्, ‘विवाह भएको होस् वा नहोस् यो कुुराको प्रमाण छैन।’
जब केटासँग कुुराकानी भयो तब उनका अनुुसार मन्दिरमा विवाह भएको रहेछ। यो घटना प्रहरीका लागि पनि टाउको दुुखाइको विषय बनेको थियो। – एजेन्सी
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19