काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई नगद लाभांश मात्र वितरण गर्ने भएको छ । 

यो कम्पनीको संचालक समितिको असोज २१ गते बसेको ९९ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई चुक्तापूँजीको २६.३२ प्रतिशत नगद लाभांश मात्र वितरण गर्ने निर्णय गरेको हो । 

चुक्तापूँजी २४ करोड २० लाख रुपैयाँ मात्र रहेको यो कम्पनीले बोनस सेयर जारी गरी पूँजी बढाउने लगानीकर्ताको अपेक्षा विपरीत नगद लाभांश मात्र घोषणा गरेको हो ।

प्रस्तावित नगद लाभांशमै कर प्रयोजनका लागि आवश्यक रकम समेत समावेश गरिएको कम्पनीले जनाएको छ । 

हाल यो कम्पनीको चुक्तापूँजी २४ करोड २० लाख रुपैयाँ रहेको छ । यो हिसाबले कम्पनीले ६ करोड ३६ लाख ९४ हजार ४ सय रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नुपर्नेछ । 

नियामक नेपाल राष्ट्रबैंकले स्वीकृत गरेपछि र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि घोषित नगद लाभांश सेयरधनीले पाउनेछन् ।