काठमाण्डौ । लाभांश पारित र मर्जर प्रक्रिया थालनीको मुख्य अजेन्डासहित लुम्बिनी विकास बैंकले आफ्नो १२ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।
बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा यही पुस २९ गते मंगलबार आयोजना गर्ने निर्णय गरेको छ ।
सभामा गत आर्थिक वर्षको मुनाफाबाट बैंकले सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको २० प्रतिशत लभांश अनुमोदन हुनेछ । बैंकले सेयरधनीहरुलाई लाभांशका रुपमा चुक्ता पुँजी २ अर्ब ५८ करोड ६९ लाख ६३ हजार ५५१ रुपैयाँको ५ प्रतिशतले हुन आउने १२ करोड ९३ लाख ४८ हजार १७७.५५ रुपैयाँबराबरको बोनस सेयर र १५ प्रतिशतले हुन आउने ३८ करोड ८० लाख ४४ हजार ५३२.६५ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थामा गाभ्ने गाभिने वा प्राप्तिसम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने, सम्पत्ति दायित्व तथा कारोबारको मूल्यांकनकर्ता नियुक्त गर्नेलगायत सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने मुख्य प्रस्ताव पनि पारित हुनेछ ।
साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले पुस २३ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस २२ गतेभित्र कायम सेयरधनीहरुमात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन् ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago