काठमाण्डौ । राष्ट्रिय स्तरको विकास बैंककोे रुपमा स्थापित यस लुम्बिनी विकास बैंक लिमीटेडको पुस २९ गते १२ औं वायर्षक साधारणसभा सम्पन्न भएको छ । 

साधारणसभाले चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत पारित गरेको बैंकले जनाएको छ । 

बोनस शेयर वितरण पश्चात बैंकको चुक्तापुँजी २ अर्ब ७१ करोड ६३ लाख पुगेको छ । 

विकास बैंकका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न साधारणसभामा उनले प्रस्तुत गरेका अध्यक्षको प्रतिवेदन, आ.व. २०७६ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाहको विवरण लगायतका अनुसूचिहरु पारित भए ।

यो विकास बैंकले देशभरका ६६ शाखाहरु र १६ वटा एटिएमबाट आफ्ना करिब २ लाख ४० हजार ग्राहकलाई सेवा दिइरहेको छ ।