काठमाण्डौ । लुम्बिनी बिकास बैंक लिमिटेडले बहुसंख्यक जनता(ग्राहक) माझ बैंकिङ्ग सेवा पुर्याउने घोषित नीति अनुरुप मिति भदौ १६ गते शुक्रबारदेखि कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका १६, लामाचौरमा, काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका, वडा नं. ६, नारायणटारमा तथा का.म.न.पा., वडा नं. ३४, कात्यायनीमा गरी ३ स्थानमा थप शाखा कार्यालयहरु स्थापना गरी कारोबार शुरु गरेको छ । 

ती शाखा कार्यालयहरुमध्ये कात्यायनी शाखा, काठमाडौ र लामाचौर शाखा, पोखराको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष सुशीलराज पराजुलीले तथा नारायणटार शाखा कार्यालयको उद्घाटन संचालक अशोकराज पाण्डेले गरेका थिए । यी क्षेत्रमा रहेका जनतामा सरल, सहज बैकिङ्ग पहुँचको उद्देश्यले उक्त शाखाहरुलाई सञ्चालनमा ल्याइएको हो ।

यस विकास बैंकले उक्त शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएस, मोवाइल बैकिंग लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै लगेको छ । बैंकको केन्द्रीय कार्यालय काठमाण्डौंमा रही देशका विभिन्न भागमा रहेका यस शाखासहित कुल ५४ वटा शाखा सञ्जालहरु र १२ वटा एटीएमबाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।