काठमाण्डौ । कतिपय वाणिज्य बैंकलाई समेत टक्कर दिंदै महालक्ष्मी विकास बैंकले दोश्रो त्रैमासको अपरिस्कृत प्रगति विवरण सार्वजनिक गरेको छ। यो बैंकले समीक्षा अवधिमा २० करोड ५४ लाख खूद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा बैंकको खूद नाफा १४ करोड ४१ लखमा सीमित थियो । 

चालु आबको पहिलो त्रैमासमा ५ करोड ६३ लाख मात्र नाफा आर्जन गरेको बैंकले दोश्रो त्रैमासमा भने कमालको प्रगति निकालेको हो । 

पहिलो त्रैमाससम्म २ करोड ४५ लाख संचालन घाटामा रहेको यो  बैंकले दोश्रो त्रैमासमा भने ३ करोड ८० लाख संचालन मुनाफा आर्जन गरेको छ । 

समीक्षा अवधिमा २८ करोड ६८ लाख राइट ब्याक गरेको बैंकले संभावित जोखिम व्यवस्थापनका लागि २५ करोड ४५ लाख प्रोभिजनमा राखेको छ ।

यो अवधिमा बैंकले २५  अर्ब  १२ करोड निक्षेप संकलन गरी २० अर्ब ८२ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले १२ अर्ब ६  करोड निक्षेप संकलन गरी १० अर्ब  ८ करोड कर्जा प्रवाह गरेको थियो ।

बैंकले आफ्नो  रिजर्बकोषमा चमात्कारिक प्रगति गरेको छ । गत वर्षको यही अवधिमा २४ करोड २५ लाख रुपैयाँ रहेको कोषको आकार बढेर यो वर्ष १ अर्ब ३० करोडको  भएको छ ।

बैंकले व्यवसाय बिस्तारमा प्रगति गरेका कारण २३  करोड ९५ लाख रुपैयाँ  रहेको खूद ब्याज आम्दानी बढेर ४५ करोड ४३ लाखको  उचाईमा पुगेको छ । 

बैंकले खराब कर्जालाई समेत घटाएको छ । गत वर्ष यो अवधिमा  ३.७८ प्रतिशत रहेको यस्तो  कर्जा घटेर ३.३९ प्रतिशतमा झरेको छ ।