काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २६ करोड ६५ लाख ९७ हजार ४८५ रुपैयाँको कुल २१.०८५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख १३ हजार १७४ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा २०.०३१ प्रतिशतले हुन आउने ५ करोड ३४ लाख २ हजार ५१५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.०५४ प्रतिशतले हुन आउने २८ लाख १० हजार ६५९ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।