काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा डाकेको छ।
संस्थाको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते बुधबार डोकेको हो। सभा नवलपरासीको गैंडाकोट–८ विजय विकास स्रोत केन्द्रमा बिहान ९ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २० प्रतिशत लाभांश पारित गर्नेछ। जसमा १९ प्रतिशतले हुन आउने बोनस सेयर र १ प्रतिशतले हुन आउने १ नगद लाभांश रहेका छन्।
सभाले अन्य कुनै वित्तीय संस्थालाई प्राप्ति गर्ने वा आपसमा गाभिने प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि संस्थाले यही पुस १७ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ संस्थाद्वारा प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुन पुस १६ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19