काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसका कारण अधिकांश देश अहिले लकडाउनमा छन्। सन्त्रासका बीच लकडाउनमा क्रममा थुप्रै विचित्रका घटनाक्रम पनि भएका छन्। जसले एकातिर लकडाउनबाट जीवनरक्षाका पाटाहरु केलाउने काम भइरहेका छन् भने अर्कोतिर यसले उत्पन्न सामाजिक तथा आर्थिक उत्पीडनहरुलाई उजागर गरिरहेका छन्। 

भारतमा पनि लकडाउनकै कारण हरेक मानिस जीवन एकपटक गर्नै पर्ने विवाह सांस्कारमा आइपरेको व्यवधानबारे एउटा घटना बाहिर आएको छ। 

घटना हो भारतको बलरामपुरको। लकडाउनमा एक युुवा विवाह गर्नका लागि लुधियानाबाट १ हजार किलालेमिटर टाढा बलरामपुरा भन्ने ठाउँसम्म साइकलबाट हान्निन्छन्। तर यात्रा पूूरा गर्न केही किलोमिटरमात्र बाँकी रहँदा ती युुवा पक्राउ पर्छन्। अनि उनलाई राखिन्छ क्वारेन्टाइनमा। यसले उनको विवाह गर्ने सपना चकनाचूर हुन्छ।

कोरोनाभाइरस महामारीसँग विश्व नै लडिरहेको छ। यो प्राणघातक भाइरस धूूम मच्चाइरहेका बेला भारतमा लकडाउन छ। यसका कारण कामकाज पनि ठप्प छ र मानिसहरु घरमा नै बन्द छन्। तर यही बन्दाबन्दीमा ती युुवा विवाह गर्न भनेर १ हजार किलोमिटर लामो यात्रा साइकलबाट गर्ने सोच लिएर जाँदै गर्दा गन्तव्यमा पुुग्नुुअघि पक्राउ परी क्वारेन्टाइनमा बस्न बाध्य छन्। 

लकडाउनपछि अन्य साथीहरुसँग साइकलमा लुुधियानादेखि निस्किएका ६ दिनमा लगभग ८५० किलोमिटर दूूरी तय गरेका सोनूू आफ्ना साथीहरुका साथ बलरामपुुर पुुगे। जहाँ पुुलिसले उनी र उनका साथीहरुलाई रोके। पुुलिसले अघि जाने अनुुमति दिएनन्।

सोनूूका साथ ४ साथीहरु बलरामपुुरमा क्वारेन्टाइनमा राखियो। यस समय सोनूू बलरामपूूरको क्वारेन्टाइन सेन्टरमा सोनूूले विवाह भएको भन्दै घर जान अनुुमति मागे तर पुुलिस प्रशासनले उसको कुुरा सुुनेन। ‘यदि हामी घर पुुगेका भए, बिना तामझाम विवाहको सम्भावना हुुन्थ्यो तर अब विवाहको तारिख पनि निश्चित भइसक्यो’, उनी भन्छन्, ‘यद्यपि जिउँदो रहन जरुरी छ, विवाह त फेरि पनि भइहाल्छ नि।’ – एजेन्सी