काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको बिहीबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। संस्थाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ४१ करोड १९ लाख ४४ हजार ४०० रुपैयाँ २० प्रतिशतले हुन आउने ८ करोड २३ लाख ८८ हजार ८८० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थासँग मर्जर भई एकीकृत कारोबारसमेत गत आर्थिक वर्षको सुरुआत गरिसकिएकोले आयकर ऐनबमोजिम बोनस सेयरमा लाग्ने कर छुटको सुविधासमेत उपयोग गरिने संस्थाले जनाएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।