काठमाण्डौ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा जानकी फाइनान्स कम्पनी लिमीटेडको नाफामा पहिरो गएको छ । गत वर्षको यही अवधिमा १ करोड ७५ लाख नाफा कमाएको फाइनान्सले समीक्षा अवधिमा २७ लाख ६५ हजार मात्र नाफा आर्जन गरेको छ । 

समीक्षा अवधिमा जानकीको खूद ब्याज आम्दानीतर्फ पनि पहिरो गएको छ । यो अवधिमा यस्तो आम्दानी ५७ लाख ७७ हजारमा सीमित बन्न पुुगेको छ । अघिल्लो वर्षको यही अवधिमा जानकीको खूद ब्याज आम्दानी २ करोड ६२ लाखको उचाईमा थियो । 

यो अवधिमा जानकीले १ अर्ब ४३ करोड निक्षेप संकलन गरी १ अर्ब ३६ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १ अर्ब ४१ करोड निक्षेप संकलन गरी १ अर्ब २० करोड कर्जा परिचालन गरेको थियो । 

यो कम्पनीको अन्य संचालन खर्च ह्वात्तै बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म यस्तो खर्च ९ लाख ९० हजार रहेकोमा यो वर्ष बढेर ११ लाख ३३ हजार पुुगेको छ । 

कम्पनीको निस्क्रिय कर्जा डरलाग्दो गरी बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म २.६९ प्रतिशत रहेको यस्तो कर्जा बढेर समीक्षा अवधिमा ६.९९ प्रतिशत पुुगेको हो । नेपाल राष्टबैंकले यस्तो कर्जाको सीमा ५ प्रतिशत तोके पनि जानकीको अवस्था भयावह भई यति धेरै निस्क्रिय कर्जा थुप्रिएको हो । यसले यो कम्पनी धराशायी भएको देखाउँछ । 

समीक्षा अवधिमा जानकी फाइनान्सको प्रतिसेयर आम्दानी ८१ पैसामा सीमित बन्न पुुगेको छ । प्रतिसेयर नेटवर्थ १८७.५७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३३५ गुणा पुुगेको छ ।