काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमीटेडले निकै राम्रो प्रगति विवरण पस्किएको छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा यो बैंकले अघिल्लो वर्षको सोही अवधिको तुलनामा अधिकांश सूचकमा तीव्र सुधार गरेको हो ।
बैंकले खूद नाफातर्फ ४९.२८ प्रतिशतको हाराहारीमा प्रगति गरेको छ भने अन्य सूचक पनि मजबुत बनाएको छ ।
अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म यो बैंकको खूद नाफा १ करोड ६६ लाख रुपैयाँ रहेकोमा बढेर यो वर्ष २ करोड ४८ लाखको उचाईमा पुगेको हो ।
बैंकले व्यवसाय बिस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानी ४ करोड ९९ लाखबाट बढेर ७ करोड ८ लाखको उचाईमा पुगेको छ ।
समीक्षा अवधिमा बैंकले १ अर्ब १८ करोड निक्षेप संकलन गरी १ अर्ब २२ करोड कर्जा परिचालन गरेको छ । १ अर्ब २२ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ८५ करोड ७ लाख निक्षेप संकलन गरी ७६ करोड ७२ लाख कर्जा परिचालन गरेको थियो ।
बैंकले संचालन नाफातर्फ समेत करिब ४८ प्रतिशतले फड्को मारेको छ ।
अघिल्लो वर्ष यही अवधिमा ०.७९ प्रतिशत रहेको निस्क्रिय कर्जा घटाएर ०.५ प्रतिशतमा झारेको छ भने चुक्तापूँजीको वृद्धि अनुसार नाफा बढाउन नसक्दा प्रतिसेयर आम्दानी(वार्षिकीकृत) १०.५२ रुपैयाँबाट घटेर ६.५२ रुपैयाँमा सीमित बन्न पुगेको छ ।
यो बैंकले अघिल्लो वर्ष २१ करोड रहेको चुक्तापूँजीलाई बढाएर यो वर्ष ५० करोडको उचाईमा पुर्याएको छ । बैंकले रिजर्ब कोषलाई समेत २ करोड ७२ लाखबाट बढाएर ४ करोड ६४ लाखको उचाईमा पुर्याएको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १०९.१४ रुपैयाँ र मूल्य आम्दानी अनुपात २७.२१ गुणा कायम भएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19