काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि बम्पर लाभांश प्रस्ताव गरेको छ।
संस्थाको सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांशमा चुक्तापुँजी २० करोड ६० लाख २७ हजार २५० रुपैयाँको ३१.०५ प्रतिशतले हुन आउने ६ करोड ३९ लाख ७२ हजार ७५० रुपैयाँबराबरको बोनस सेयर रहेको छ। बोनस सेयर कर प्रयोजनार्थ १.६३ प्रतिशतले हुन आउने ३३ लाख ६६ हजार ९८६.८४ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19