काठमाडौ । समता घरेलु र स्वरोजगार लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ। 

यी दुवै लघुवित्तबीच हिजो पुस १८ गते दिउँसो मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो। 

समता घरेलु र स्वरोजगार लघुवित्त दुवैको कार्यालय काभ्रेको बनेपामा रजिस्टर्ड कार्यालय रहेको छ। 

मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेसँगै दुवै संस्थाले आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का राखिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्राचार गरेका छन्। नेप्सेले अब यी दुवै संस्थाको आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का राख्नेछन्।