काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। 

संस्थाको सञ्चालक समितिको वार्षिक साधारणसभा आउँदो चैत ११ आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको हिमालयन दृश्य रिसोर्टमा बिहान ११ः३० बजेबाट हुनेछ। 

सभलो आर्थिक वर्ष २०७८–७९को वितरणयोग्य मुनाफाबाट प्रस्तावित चुक्तापुँजी ३४ करोड २७ लाख ४४ हजार १९२ रुपैयाँको कुल १८ प्रतिशतले हुन आउने ६ करोड १६ लाख ९३ हजार ९५४.५६ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ। जसमा १५ प्रतिशतले हुन आउने ५ करोड १४ लाख ११ हजार ६२८.८० रुपैयाँबराबरको बोनस सेयर र ३ प्रतिशतले हुन आउने १ करोड २ लाख ८३ हजार ३२५.७६ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्। 

साबिक समत लघुवित्त र घरेलु लघुवित्त आपसमा गाभिएर २०७८ वैशाख २ गतेबाट एकीकृत कारोबार सुरु भइसकेकोले लाभांशमा लाग्ने कुर छुटको व्यवस्था रहेकोले लाभांशमा लाग्ने करबापतको रकम नछुट्याइएको र उक्त मितिभन्दा पछि सेयर खरिद गर्नेले भने लाभांशकर नियमाअनुसार भुक्तानी गर्नुपर्ने संस्थाले जनाएको छ। 

सभाले समता घरेलु र स्वरोजगार लघुवित्त आपसमा मर्जरका सम्बन्धमा डीडीए मूल्यांकनको नियुक्ति, सेयर स्वाप रेसियो प्रस्ताव पारित, प्रारम्भिक समझदारीपत्र तथा मर्जर सम्बन्धमा भएको निर्णयहरुको अनुमोदन, अन्तिम सम्झौतापत्रलगायत कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

सभाले मर्जरपश्चात बन्ने संस्थाको नाम तथा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिवर्तनसम्बन्धी प्रस्तावलगायत मर्जरसँग सम्बन्धित आवश्यक अन्य सम्पूर्ण कार्य पारित गर्नेछ। 

वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ संस्थाले चैत १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन ३० गतेसम्म कायम सेयरधनीहरुमौ यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।