काठमाण्डौ । सरकारी स्वामित्वको राष्टिय वाणिज्य बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ सामान्य प्रगतिमा सीमित बन्न पुुगेको छ । 

अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा १ अर्ब ७ करोड खूद नाफा आर्जन गरेको यो बैंकले यो वर्षको सोही अवधिमा १ अर्ब २१ करोड नाफा कमाएको हो । 

अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म २ अर्ब ४० करोडमा सीमित रहेको खूद ब्याज आम्दानी बढेर यो वर्ष ३ अर्ब ४ करोडको उचाईमा पुुगेको छ । 

यस्तै, यो अवधिमा बैंकले १ खर्ब ३८ अर्ब निक्षेप संकलन गरी ९३ अर्ब ९० करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यो अवधिमा बैंकले १ खर्ब २८ करोड मात्र निक्षेप संकलन गरेको थियो । 

यो बैंकको निस्क्रिय कर्जा अनुपात अझै २.७५ प्रतिशत रहेको छ । 

दोश्रो त्रैमाससम्मको अवधिमा यो बैंकको वार्षिकीकृत प्रति सेयर आम्दानी २८ रुपैयाँ ३५ पैसा, प्रतिसेयर नेटवर्थ  ११४ रुपैयाँ ३७ पैसा कायम भएको छ । यो बैंकको चुक्तापूँजी ८ अर्ब ५८ करोड छ भने जगेडा कोषमा १ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।