काठमाण्डौ । अटो व्यवसायीको छाता संगठन अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा)ले सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध दबाबमूलक कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ।
टेकुस्थित नेपाल उद्योग वाणिज्य महासंघको कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै नाडाले दबाबमूलक कार्यक्रम गर्ने घोषणा गरेको हो। पत्रकार सम्मेलनमा नाडाले सरकार र राष्ट्र बैंकले ल्याएका नीतिबारे आफ्नो धारणा सार्वजनिक गरेपछि दबाबमूलक कार्यक्रम घोषणा गरेको हो।
दबाबमूलक कार्यक्रमका लागि नाडाले ‘ब्याजदर नियन्त्रण गर’, ‘गाडी आयात फुकुवा गर’, ‘मौद्रिक नीति परिमार्जन गर’, ‘गरिखान देऊ’, ‘व्यापार–व्यवसय बन्द गरेर विदेश गरेर बस भनेको ?’, ‘सतप्रतिशत नगद मार्जिन व्यवस्था खारेज गर’, ‘देशमा सरकार त छ ?’, ‘बैंकहरुले गरेको बदमासीको सजाय व्यापारीलाई किन ?’, ‘चालुपुँजी कर्जा मार्गदर्शन खारेज गर’, ‘५०% नगद मार्जिन ब्यवस्थ खारेज गर’लगायत नारा तय गरेको छ।
यी नारा अटो व्यवसायीहरुले चढ्ने गाडीमा आजैबाट अगाडि–पछाडि टाँसेर हिँड्ने नाडा अध्यक्ष ध्रुव थापाले पत्रकार सम्मेलनमा जानकारी दिए। ‘नाराहरुलाई ब्यानर बनाएर आफ्नो शोरुममा टाँस्ने’, उनले भने, ‘नाराहरु हामी सबै व्यावसायीले फेसबुक, इन्स्टाग्राम र ट्विटरमा प्रोफाइल पिक्चर बनाउने छौँ।’
नाडाको विरोध कार्यक्रममा सहभागी हुन नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध वस्तुगत संगठन र जिल्ला नगर उद्योग बाणिज्य संघहरु, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलाई समेत औपचारिक पत्रमार्फत सहयोग मागिने पनि थापाले बताउ। ‘मंसिर २२ गते सम्पूर्ण व्यवसायी साथीहरु कालो पहिरन लगाई, प्लेकार्ड बोकी बिहानको ११ बजेदेखि दिउँसो २ बजेसम्म काठमाण्डौको माइतीघर मण्डलामा धर्ना दिने र साथै सातै प्रदेशमा एकैपटक धर्ना कार्यक्रममा बस्ने छौँ।’
सोही दिन नाडाका औपचारिक नाराहरु काठमाण्डौलगायत सात प्रदेशमा रहेका नाडाका संगठनमार्फत सार्वजनिक गर्ने र नेपालभरका सम्पूर्ण सदस्यलाई एकैपटक परिचालन गर्ने नाडाले जनाएको छ। ‘मंसिर २२ गतेसम्म पनि हाम्रा माग सम्बोधन नभए पहिलो चरणको कार्यक्रम समापन गरी दोस्रो चरणको आन्दोलनको कार्यक्रम पुनः सार्वजनिक गर्नेछौँ’, उनले भने।
नेपालको अटोमोबाइल क्षेत्रले सरकारको राजस्वमा २१ प्रतिशत योगदान गर्दै आएको उल्लेख गर्दै अध्यष थापाले प्रत्यक्ष १ लाख र अप्रत्यक्ष रुपमा झन्डै १० लाखजनालाई रोजगारी प्रदान गरेको दाबी गरे।
यसैगरी यस क्षेत्रले नेपालको विज्ञापन बजारमा ४० प्रतिशत र निर्जीवन बीमाको कुल राजस्वमा ५० प्रतिशत हिस्सा अटोमोबाइल क्षेत्रले हिस्सामा योगदान पुर्याउँदै आएको भए पनि सरकारले यस क्षेत्रलाई विलाशी वस्तुहरुमा वर्गीकरण गर्दै त्यसैअनुरुपको उच्च महशुलमात्र लगाएको मात्र नभई यस व्यवसायलाई नै निरुत्साहित गर्ने उद्देश्यले क्रमबद्ध रुपमा विभिन्न नीतिगत अवरोधहरु तेर्स्याउने काम भएको थापाले बताए। ‘ती नीतिगत अवरोधहरु हटाई व्यवसायमैत्री वातावरण सिर्जना गरिदिन हामी अटोमोवाइल व्यवसायीहरुले निरन्तर रुपमा औपचारिक र अनौपचारिक माध्यमहरुबाट सम्बद्ध सवालहरु र नेपाल राष्ट्र बैंकसँग अनुरोध गर्दै आए पनि कुनै सुनुवाइ भएन’, उनले भने, ‘त्यही भएर हामी आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भयौँ।’
यस्ता छन् नाडा मागहरु
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago