काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ३४ करोड ५९ लाख खूद नाफा आर्जन गरेको छ। 

अघिल्लो वर्षको तुलनामा यो नाफा २४.२६ प्रतिशतले बढी हो । 

अघिल्लो वर्षको यही अवधिमा ४२ करोड ५७ लाखमा सीमित संचालन मुनाफा बढेर यो वर्ष ५४ करोड ३२ लाख पुगेको छ भने ५३ करोड २४ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर ६५ करोड ४० लाखको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा यो कम्पनीले १६ अर्ब ४६ करोड सापटी लिएर १९ अर्ब ७ करोड बढी कर्जा परिचालन गरेको छ । सापटीतर्फ १७.२६ प्रतिशत र कर्जा बिस्तारतर्फ १५.९२ प्रतिशतको प्रगति गरेको देखिएको छ। 

अघिल्लो वर्ष १ अर्ब २५ करोडमा सीमित रिजर्बकोषको आकार बढी १ अर्ब ५२ करोडको उचाईमा पुगेको छ भने ०.१३ मा सीमित खराब कर्जाको अनुपात केही बढी ०.१५ प्रतिशत पुगेको छ । 

अघिल्लो वर्षको तुलनामा यो कम्पनीको कस्ट अफ फण्ड सामान्य बढेको देखिएको छ भने वार्षिकीकृत प्रतिसेयर आम्दानीतर्फ पनि सामान्य गिरावट आएको छ । अघिल्लो वर्षको यही अवधिमा  ५९.०४ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी घटेर यो वर्ष ५८.६९ रुपैयाँ कायम भएको हो । 

चुक्तापुँजीमा २५ प्रतिशतले वृद्धि भए पनि सो अनुपातले नाफा नबढ्दा इपीएसमा सामान्य गिरावट आएको हो । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २९४.५६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५.५९ गुणा कायम भएको छ ।