काठमाण्डौ । सानिमा बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफालाई ५३.५ प्रतिशतले बढाएको छ । 

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १७ करोड ६८ लाख खूद नाफा कमाएको यो बैंकले चालु आबको सोही अवधिमा २७ करोड बढी नाफा आर्जन गरेको हो । 

सानिमाले खूद ब्याज आम्दानीतर्फ पनि राम्रै प्रगति गरेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ३२ करोड ४५ लाख  रहेकोमा यो वर्ष बढेर ५३ करोड ४३ लाख रुपैयाँ पुगेको छ । 

२६ करोड ६७ लाख रुपैयाँ रहेको संचालन मुनाफा यो वर्ष ४४ करोड ६४ लाखको उचाईमा पुगेको छ । 

यो वर्षको पहिलो त्रैमासमा सानिमा बैंकले ४८ अर्ब ६१ लाख निक्षेप संकलन गरी ४४ अर्ब ६० करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो आबको यही अवधिमा बैंकले ३५ अर्ब  ४३ करोड निक्षेप संकलन गरी ३० अर्ब ३३ करोड कर्जा प्रवाह गरेको थियो । 

बैंकको निस्क्रिय कर्जा दर चाहि ०.५ प्रतिशतको यथास्थानमै रहेको छ । 

बैंकको प्रतिसेयर आम्दानी(इपिएस) चाहि घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा २२.६८ रुपैयाँ रहेकोमा यो वर्षको सोही अवधिमा २०.१९ रुपैयाँमा झरेको छ । प्रतिसेयर नेटवर्थ ११९.२४ रुपैयाँ कायम भएको छ भने मूल्य आम्दानी अनुपात ३२.२९ गुणा रहेको छ । यो पीई रेसियो खासै सन्तोषजनक होइन ।