काठमाण्डौ । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि लगाइएको निषेधाज्ञाका कारण स्थगित गरिएको सानिमा जनरल इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा पुनः डाकिएको छ।
कम्पनी सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ।
यसअघि कम्पनीले गत जेठ ११ गते वार्षिक साधारणसभा डोकेको थियो। तर निषेधाज्ञाका कारण सभा स्थगित गरिएको थियो।
सभाले सर्वसाधारण समूहतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकका लागि निर्वाचन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी अनुमोदन गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19