काठमाण्डो । सानिमा बैंकले ‘गरिमा रेमिट’ सेवा प्रदान गर्ने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र सानिमा बैंकबीच सम्झौता भएको छ । 

साउन ३ गते बिहीबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायबमहाप्रबन्धक माधवप्रसाद उपाध्याय र सानिमा बैंक लिमिटेडको तर्फबाट चिफ फाईनान्स अफिसर सरोज गुरागांईले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

सम्झौतापश्चात सानिमा बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ७४ वटा शाखा कार्यालयबाट  गरिमा रेमिटमार्फत रकम भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिने बताइएको छ।