काठमाण्डौ । सानिमाबैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

बैंकको कात्तिक १४ गते बसेको संचालक समितिको बैंठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट लगानीकर्तालाई १४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

हाल यो बैंकको चुक्तापूँजी ८ अर्ब १२ लाख ५५ हजार ४ सय रुपैयाँ रहेको छ । यो हिसाबले १ अर्ब १३ करोड ७५ लाख बढी नगद लाभांश वितरण गर्नेछ ।