काठमाण्डौ । गत वर्षको मुनाफाबाट प्रस्तावित १० प्रतिशत बोनस सेयर पारित गर्ने मुख्य अजेन्डासहित सानिमा बैंकले यही असोज २९ गते १५ औँ वार्षिक साधारणसभा गर्ने भएको छ ।
बैंकको सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले वार्षिक साधारणसभाको मिति, स्थान र समय तय गरेको हो । जसअनुसार बैंकको साधारणसभा बिहान ११ बजे काठमाण्डौको नक्सालमा हुनेछ।
साधारसभामा विशेष प्रस्तावका रुपमा राखिने गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट वितरण गर्ने भनिएको १० प्रतिशत बोनस सेयर पारित हुनेछ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजी १० प्रतिशतले हुन आउने ८० करोड १ लाख २५ हजार ५४४ रुपैयाँबराबरको बोनस सेयर आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यस्तै साधारणसभाले चुक्तापुँजीको ११.०५ प्रतिशतले हुन आउने ८८ करोड ४३ लाख ४९ हजार २८५.४७ रुपैयाँबराबरको (लाभांश करसहित) नगद लाभांशको प्रस्ताव पनि पारित गर्नेछ ।
साधारणसभामा बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वार्षिक वित्तीय विवरण, एकीकृत वित्तीय विवरणलगायत महत्वपूर्ण प्रतिवेदनहरु पनि पारित हुनेछ ।
बैंकले उक्त दिन सेयर दाखिला खारेज बन्द गर्ने निर्णय पनि गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago