 
                     
                                
                             
                                    काठमाण्डौ । सानिमा बैंक लिमीटेडले आगामी कात्तिक २८ गते वार्षिक साधारणसभा आह्वान गरेको छ।
कात्तिक २८ गते शुक्रबार बिहान ११ बजे काठमाण्डौको बालुवाटारस्थित अम्रपाली ब्यांक्वेटमा बैंकले आफ्नो १६ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।
संचालक समितिको कात्तिक ६ गते अपरान्ह ४ः३० बजे बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान सम्बन्धी निर्णय गरेको हो ।
वार्षिक साधारणसभामा संचालक समितिले गरेको प्रस्ताव अनुसार १० प्रतिशत बोनस सेयर र चुक्तापूँजीको ३.६० प्रतिशत नगद लाभांश वितरणको विषय विशेष प्रस्तावको रुपमा प्रस्तुत गरिने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
साधारणसभाले २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, २०७७ साल असार मसान्तको वासलात तथा आ.ब. २०७६/७७ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने बताइएको छ ।
बैंकले हालको अधिकृत पूँजी ९ अर्बलाई बढाएर १२ अर्ब पुर्याउने, बोनस सेयर वितरणपछि हाल जारी तथा चुक्तापुँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ लार्ई वृद्धि गरी ९ अर्ब ६८ करोड १५ लाख १९ हजार ८२ पुर्याउने अजेण्डा समेत एजीएममा पेश गर्नेछ ।
यसैबीच, साधारणसभा प्रयोजनका लागि बैंकले कात्तिक १७ गते एक दिन सेयरधनी दर्ता किताब बन्द गर्नेछ । यसको अर्थ यो बैंकले घोषणा गरेको लाभांश पाउन तथा साधारणसभामा सहभागी हुनका लागि कात्तिक १७ गतेभन्दा एकदिनअघिसम्म यो बैंकको सेयर किनेर सेयरधनी कायम भइसक्नुपर्नेछ ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19