काठमाण्डौ । सानिमा बैंक लिमीटेडले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तोकेको छ । 

यो बैंकले असोज ६ गतेलाई बुक क्लोजको मिति तोकेको हो । यो बैंकले वार्र्षिक साधारणसभाको मिति भने तोकिसकेको छैन, तथापि असोज भित्रै हुने गरी बुक क्लोजको मिति निकालिएको प्रमुख सूचना अधिकृत तेजबहादुर चन्दले जानकारी दिए । 

यसको अर्थ असोज ५ गतेसम्म यो बैंकको सेयर किन्ने तथा नामसारी गर्नेहरु घोषित बोनस सेयरको हकदार भई साधारणसभामा सहभागी हुन पाउनेछन ।

साधारणसभाले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट संचालक समितिले सेयरधनीलाई वितरणको निर्णय भएको १६ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गर्नेछ । यस्तै, सोही आबको खर्च तथा आम्दानी विवरण पास गर्नेछ भने संचालकको भत्ता निर्धारण, चालुु आर्थिक वर्षका लागि लेखापरीषकको नियुक्ति लगायतका प्रस्ताव समेत पारित गर्नेछ । 

यो बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ३० करोड १ लाख खूद नाफा आर्जन गर्न सफल भएको छ ।