काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले निश्कासन गरेको एफपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीको एफपीओमा तेश्रो दिन(बिहीबार)सम्म करिब ९ गुणा बढी आवेदन परिसकेको छ ।
एफपीओमा पछिल्ला दिन झनै बढी आवेदन पर्ने प्रवृति देखिएकोले आज अरु दिनभन्दा अझ बढी आवेदन पर्ने संभावना देखिन्छ ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सिटिजन्सले निश्कासन गरेको ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपीओमा तेश्रो दिनसम्म ४० लाख बढी कित्ताका लागि आवेदन परिसकेको छ । ४० हजार भन्दा बढीले एफपीओ खरीदका लागि आवेदन दिएका छन् ।
यसरी हेर्दा यो बैंकको ९ करोड २७ लाख ६५ हजार २ सय रुपैयाँ बराबरको एफपीओमा तेश्रो दिनसम्म ८० करोड भन्दा बढीको आवेदन परिसकेको देखिन्छ ।
बैंकले मंगलबारदेखि प्रिमियमसहित प्रतिकित्ता रु.२०० को दरले एफपीओ निश्कासन गरेको हो । एफपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ ।
इच्छुकले न्यूनतम ५० देखि अधिकतम २ हजार ३ सय कित्तासम्मका लागि आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।
एफपीओ गरी बाँडफाँड गरेपछि बैंकमा संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम हुनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago