काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलको वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई ३.६ प्रतिशत बोनस सेयर र १.६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।
सोमबार काठमाण्डौको लैनचौर ब्यांक्वेटमा सम्पन्न १२ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई रु २९,१४,४५,७७३(करीब३.६ प्रतिशत) बोनस शेयर तथा रु १३,१३,५५६,१४३ (करीब १.६ प्रतिशत) नगद लाभांश दिने संचालक समितिको प्रस्ताव पारित गरेको हो ।
संचालक समितिका अध्यक्ष डा.शंकरप्रसाद शर्माको अध्यक्षतामा भएको साधारणसभाले आ.व.२०७४/७५ को संचालक समितिको वार्षिक प्रतिवेदनमा छलफल गरी उक्त प्रतिवेदन पारित गरेको छ ।
बैंक र सहायक कम्पनी सिविआईएल क्यापिटल लिमिटेड समेतको लेखापरीक्षकको प्रतिवेदनसहित २०७५ आषाढ मसान्तको वासलात, आ.व. २०७४/०७५ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरेको बैंकले जनाएको छ ।
अध्यक्ष शर्माले शेयरधनीहरुबाट प्राप्त सुझावअनुसार बैंकको काम कारवाही संचालन गर्नेमा विश्वास दिलाउँदै भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्नसक्ने विश्वास व्यक्त गरेका थिए ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब चारलाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
आफ्ना ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
बैंकले हालै सातवटै प्रदेशमा प्रदेश हेडक्वार्टर समेत स्थापना गरिसकेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago