काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई ३९ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ ।
बिहीबार राजधानीमा सम्पन्न साधारणसभाले शेयरधनीहरुलाई बैंकले जारी गरेको २५ प्रतिशत हकप्रद शेयरलाई समेत समावेश गरिएको पुँजीको आधारमा गणना गरी ३९ प्रतिशत बोनस शेयर प्रदान गर्ने संचालक समितिको प्रस्तावलाई पारित गरेको हो ।
यस्तै, साधारणसभाले संस्थापक समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना संचालकहरुको निर्विरोध चयन गरेको छ । नव निर्वाचित संचालकहरु मनोजकुमार केडिया, नरेन्द्रकुमार अग्रवाल, वीरेन्द्रकुमार साह र दिनेशशंकर पालिखे रहेका छन् । सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना संचालकहरुको समेत निर्विरोध चयन भएको छ । सर्वसाधारण शेयरधनीहरुको तर्फबाट निर्वाचित संचालकहरुमा महेशप्रसाद पोखरेल, हेमन्त ज्ञवाली र राजेशकुमार केडिया रहेका छन् ।
चालुु आर्थिक वर्षको दोश्रो मसान्तसम्म यो बैंकले ७२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ सोही अवधिमा बैंकले कुल निक्षेप रु. ७४ अर्ब ९३ करोड संकलन गरी रु. ६२ अर्ब ६५ करोड कर्जा प्रवाह गर्न सफल भएको छ ।
बैंकले हाल नेपालभर ६३ शाखा, ८२ ए.टि.एम र विभिन्न ६९ स्थानमा शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19