काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। 

कम्पनी सञ्चालक समितिको माघ १८ गते बसेको बैठकले हाल कायम चुक्तापुँजी १ अर्ब १२ करोड रुपैयाँको कुल १५.७८९५ प्रतिशतले हुन आउने १७ करोड ६८ लाख ४२ हजार १०५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने १६ करोड ८० लाख रुपैयाँबराबरको बोनस सेयर रहेको छ। बोनस सेयर कर प्रयोजनार्थ कम्पनीले ०.७८९५ प्रतिशतले हुन आउने ८८ लाख ४२ हजार १०५ रुपैयाँबराबरको नगद लाभांश पनि कम्पनीले वितरण गर्नेछ। 

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।