काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँको ९.४७३७ रुपैयाँले हुन आउने १२ करोड २० लाख २१ हजार ५३ हजार रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश कम्पनीले बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्ने र प्रिमियर इन्स्योरेन्ससँग मर्जरपश्चात एकीकृत कारोबार भएपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले स्पष्ट पारेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19