काठमाण्डौ । सिद्धार्थ बैंक लिमीटेडले १३.१६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । 

बैंक संचालक समितिले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ८.१६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

यो हिसाबले कम्पनीले ४२ करोड ३२ लाख रुपैयाँ बराबरको बोनस सेयर र ६९ करोड ६ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नुपर्नेछ ।

यो निर्णय नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

प्रस्तावित बोनस सेयर स्वीकृत भई वितरणपछि बैंकको चुक्तापूँजी बढेर  ८ अर्ब ८९ करोडको उचाईमा पुग्नेछ । 

यसअघिको आर्थिक वर्षमा बैंकले १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।