massive profit
काठमाण्डौ । सिनर्जी फाइनान्स लिमीटेडले खूद नाफातर्फ अपत्यारिलो प्रगति हासिल गरेको छ ।
यो फाइनान्स कम्पनीले अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नाफालाई २२ गुणाले बढाएर सबैलाई चकित बनाएको हो ।
अघिल्लो वर्ष ८२ लाख २० हजार खूद नाफा रहेकोमा यो वर्ष १८ करोड ५१ लाखको उचाईमा पुर्याएको हो ।
कम्पनीले प्रकाशित गरेको बित्तीय विवरण अनुसार कम्पनीको खूद ब्याज आम्दानी १ करोड ६९ लाखबाट वृद्धि भई ४ करोड ४० लाखको उचाईमा पुुगेको छ । यो कम्पनीले १४ करोड ६२ लाख रुपैयाँ राइट ब्याक गर्ने सफलता प्राप्त गरेको छ ।
अघिल्लो वर्षको दोश्रो त्रैमासमा निस्क्रिय कर्जाको अनुपात ३२.१२ प्रतिशत रहेकोमा यो वर्षको सोही अवधिमा घटेर २०.४३ प्रतिशतमा झरेको छ ।
यो अवधिमा १ अर्ब ९४ करोड निक्षेप संकलन गरी १ अर्ब ६१ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यो कम्पनीले १ अर्ब ८३ करोड निक्षेप संकलन गरी १ अर्ब २९ करोड कर्जा परिचालन गरेको थियो ।
सिनर्जी फाइनान्सको चुक्तापूँजी ४७ करोड ४४ लाख रुपैयाँ छ । योसँग ३ करोड ३७ लाख रुपैयाँको नेगेटिभ रिजर्ब छ । दोश्रो त्रैमासमा सिनर्जी फाइनान्सको बार्षिकीकृत प्रति सेयर आम्दानी ३९ रुपैयाँ ४ पैसा, प्रति सेयर नेटवर्थ ९२.८८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३.६४ गुणा कायम भएको छ ।
२०७३ मंसिर ५ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले २५ प्रतिशत हकप्रद दिने प्रस्ताव पारित गरेको थियो । हकप्रदपछि चुक्तापूँजी ५९ करोड ३ लाख पुुग्नेछ । नेपाल राष्टबैंकले ०७४ असार मसान्तभित्र राष्टिय स्तरका फाइनान्स कम्पनीले चुक्तापूँजी ८० करोड पुर्याउनुपर्ने नीति बनाएको छ । यो फाइनान्सले तोकिएको पूँजी पुर्याउन खासै गाह्रो देखिदैन ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago