काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभा डाकेको छ।

संस्थाको आइतबार (माघ २९ गते) बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन २९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको त्रिपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल ११.५७८९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद लाभांश छन्। बोनस सेयर वितरणपछि जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

सभाले संस्थामा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गरी क्रमशः ५१ प्रतिशत र ४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। हाल संस्थामा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ। 

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले फागुन १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन ११ गते (फागुन १२ गते शुक्रबार र १३ गते शनिबार)सम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।