काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को ११ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित लाभांश अनुमोदन गरेको छ। 

आज काठमाण्डौमा संंस्थाका अध्यक्ष सचिनजंग रायमाझीकोे अध्यक्षतामा सम्पन्न सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु तथा ११ प्रतिशत बोनस सेयर र ०.५८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांशसहित जम्मा ११.५८ प्रतिशत लाभांश पारित गरेको हो । यसका साथै सभाले संस्थाको नाम हिमालयन लघुवित्त वित्तीय संस्था रहनेलगायतका सम्पूर्ण सामान्य र विशेष प्रस्तावहरु पारित गरेको छ।

अध्यक्ष रायमाझीले सम्पूर्ण सेयरधनी तथा आमन्त्रित सबैप्रति आभार व्यक्त गरे। 

राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरुमार्फत ७४ हजारभन्दा बढी सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै १ अर्ब ८ करोड बचत संकलन गरी ४ अर्ब २५ करोड रुपैयाँभन्दा बढी लगानी गरेकोे छ।