काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।
संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २४ करोड २१ लाख २१ हजार ३७९.५ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने ४ करोड ८४ लाख २४ हजार २७५.९ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा १९ प्रतिशतले हुन आउने ४ करोड ६० लाख ३ हजार ६२.१० रुपैयाँबराबरको बोनस सेयर रहेको छ। बोनस सेयर प्रयोजनका लागि संस्थाले १ प्रतिशतले हुन आउने २४ लाख २१ हजार २१३.८ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि संस्थाले गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याउने निर्णय सञ्चालक समितिले गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19