काठमाण्डौ । लाभांश पारितको मुख्य अजेन्डासहित सिर्जना फाइनान्स लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

संस्थाले माघ ११ गते शनिबार विराटनगरस्थित उद्योग संगठनको सभाकक्षमा साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजी ७३ करोड ७२ लाख ५१ हजार २०० रुपैयाँको १५ प्रतिशतले हुन आउने ११ करोड ५ लाख ८७ हजार ६८० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९ प्रतिशतले हुन आउने ५८ लाख २० हजार ४०४ रुपैयाँबराबरको नगद लाभांश पारित हुनेछ ।

सभामा अन्य कुनै एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थासित आपसमा गाभ्ने र गाभिने सम्बन्धमा कम्पनीको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन गर्ने मूल्यांकनकर्ताको नियुक्ति गर्नेलगायतका गाभिने सम्बनधी सम्पूर्ण प्रक्रिया र कार्य गर्न सञ्चालक समितिलाई अख्तियार दिने निर्णय पनि सभाले पारित गर्नेछ ।

साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले माघ ३ गतेदेखि साधारणसभा नभएसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको मतलब साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुन माघ २ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ ।