काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडको २० औँ वार्षिक साधारणसभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश पारित भएको छ।
विराटनगरस्थित उद्योग संगठन मोरङको सभाहलमा शनिबार सम्पन्न वार्षिक साधारणसभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १४.२७ प्रतिशत लाभांश अनुमोदन भएको छ। जसमा १३.५९ प्रतिशत बोनस सेयर र बाँकी ०.६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।
सभा सेयर संरचनालाई परिवर्तन गर्दै संस्थापकतर्फ ५२ प्रतिशत र सर्वसाधारणतर्फ ४८ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गरेको छ।
सभामा सेयर अनुपातमा कुरा नमिलेर सनराइज बैंकसँग प्राप्ति (एक्विजिसन) प्रक्रिया रद्द हुन पुगेको जानकारी गराइएको थियो। अब सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडसित रु. ९५ सेयर अनुपातमा २०७८ असारभित्र प्राप्ति (एक्विजिशन) मा जाने सहमति भएको सभामा सञ्चालक समितिले जानकारी गराएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19