काठमाण्डौ । विराटनगरमा मुख्य कार्यालय रहेको सिर्जना फाइनान्स लिमीटेडले खूद नाफा घटेको वित्तीय विवरण प्रकाशन गरेको छ ।
यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म १२ करोड २१ लाख खूद नाफा आर्जन गरेको हो, जबकि यस्तो नाफा अघिल्लो आर्थिक वर्षको यही अवधिमा १३ करोड २६ लाख रहेको थियो ।
कम्पनीले व्यवसाय बिस्तारमा खासै ध्यान नदिंदा खूद ब्याज आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष २५ करोड ४४ लाख रहेको खूद ब्याज आम्दानी घटेर यो वर्ष २५ करोड १२ लाखमा सीमित बन्न पुगेको हो ।
समीक्षा अवधिमा सिर्जना फाइनान्सले ५ अर्ब ४० करोड निक्षेप संकलन गरी ३ अर्ब ८५ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ३ अर्ब ३६ करोड निक्षेप संकलन गरी २ अर्ब ७१ करोड कर्जा परिचालन गरेको थियो ।
कम्पनीको कर्मचारी खर्च तथा अन्य संचालन खर्चमा अचाक्ली वृद्धि भएका कारण समेत नाफामा संकुचन आएको देखिएको छ ।
सिर्जना फाइनान्सले आफ्नो रिजर्बकोषलाई यो अवधिमा बढाउन सकेन भने संचालन मुनाफा समेत घट्यो । अघिल्लो वर्ष यही अवधिमा २० करोड ८५ लाख रुपैयाँ संचालन मुनाफा घटेर यो वर्ष १९ करोड १९ लाखमा सीमित बन्न पुगेको हो ।
कम्पनीमा खराब कर्जा पनि बढेको छ । अघिल्लो वर्ष ०.६६ प्रतिशत रहेको निस्क्रिय कर्जा १.२५ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिमा यो कम्पनीको प्रतिसेयर आम्दानी ३०.४९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५०.११ रुपैयाँ, मूल्यआम्दानी अनुपात ७.६७ गुणा कायम भएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago