काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा संस्थाले १९ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ८७.४३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाले १३ लाख ७६ हजार रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ करोड १८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो। 

पहिलो त्रैमासमा संस्थाले ५ करोड ६३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ६ करोड ४ लाख रुपैयाँ थियो। यो हिसाबले खुद ब्याज आम्दानी पनि ६.७२ प्रतिशतले घटेको छ। 

पहिलो त्रैमासमा संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ६.६५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल २.८७ प्रतिशत थियो। एनपीएल बढेसँगै संस्थाको इम्पेयरमेन्ट चार्ज बढेर ४३ लाख २३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज २८ लाख २४ हजार रुपैयाँ थियो।

खराब कर्जा बढ्नु ब्याज आम्दानी घट्नु र इम्पेयरमेन्ट चार्ज बढ्नुले संस्थाको नाफा प्रभावित भएको देखिन्छ।

चुक्तापुँजी २६ करोड ६४ लाख रुपैयाँ संस्थाको रिटेन्ड अर्निङ र रिजर्भको आकार ४.२६ प्रतिशतले बढेर ३२ करोड २९ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ३० करोड ९८ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले २ अर्ब ७५ करोड रुपैयाँ सापटी लिई ५ अर्ब ६० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ अर्ब ३० करोड रुपैयाँ सापटी लिई ५ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

वार्षिकीकृत संस्थाको ईपीएस घटेर २.८६ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस ४९.७८ रुपैयाँ थियो। पीई रेसियो ३५४.८९ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २२१.२३ रुपैयाँ रहेको छ।