-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । सम्पूर्ण नागरिकलाई लगानी कोषमा समावेश गर्ने उद्देश्यले विसं २०४७ साल चैत ४ मा स्थापित नागरिक लगानी कोष(सीआईटी) ले औपचारिक रुपमा काम भने २०४८ माघ १ गतेबाट सुरु गरेको हो।

२०७६ असारबाट चाहिं सीआईटीले सर्वसाधरणले पनि स्वेच्छाले आफैं पैसा जम्मा गरेर भविष्यमा पेन्सन पाउने गरी ‘नागरिक पेन्सन योजना’ ल्याएको छ । यो पेन्सन योजनामा अपेक्षा अनुसार सहभागिता भने हुन सकेको देखिदैन। 
आधारभुत पक्ष :
गत आर्थिक वर्षको चौथो त्रैमासिक प्रतिबेदन अनुसार कम्पनीको चुक्तापूँँजी ५ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ
छ । यो भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा पूँजी २५ प्रतिशतले बढेको हो । कम्पनीको जगेडा कोषमा २ अर्ब ३३ करोड ८४ लाख रुपैयाँ छ । यो भनेको अघिल्लो आर्थिक वर्षको तुलानामा २५.६८ प्रतिशतले घटेको हो । कम्पनीको खुद मुनाफा २६ करोड ४८  लाख रुपैयाँ छ ।

कम्पनीको खुद मूनाफा भने १३.८२ प्रतिशतले बढेको छ । कम्पनीको प्रतिसेय आम्दानी १९.९४ रुपैयाँ छ । बुक भ्यालु १५९.७९ रुपैयाँ रहेको छ । कम्पनीको रिर्टन अन इक्विटी १२.४८ प्रतिशत रहेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा ७.७३ प्रतिशतले बढी हो । यस हिसावले कम्पनीको अघिल्लो आर्थिक वर्षको तुलानामा पूँजी, खुद मूनाफा र रिर्टन अन इक्विटी बढेको छ भने जगेडा कोष घटेको छ । 
प्राविधिक पक्ष :
ट्रेन्डलाईनको आधारमा यो कम्पनीको सेयर भाउलाई अघिल्लो  वियरिस बजार र यो  वियरिस बजारमा हेर्दा केही समानता देखिन्छ । सन् २०१८ को वियरिस बजारमा यो कम्पनीको सेयर भाउ १ हजार ६४० रुपैयाँसम्म आएको देखिन्छ । बुलमा भने ५ हजार ७००  रुपैयाँसम्म पुगेको छ । हाल यो कम्पनीको सेयर भाउ एक पटक १ हजार ७६०
रुपैयाँसम्म पुगेर हाल १ हजार ९१० रुपियाँमा अन्तिम कारोबार भएको छ । यो वियरिस बजारमा पनि यसको मूल्य करिब करिब पहिलेको वियरिस बजारकै हाराहारीमा चलेको छ ।

डाउ थेउरीबाट हेर्दा लोवर लो र लोवर हाई बनाएको देखिन्छ । यस हिसावले दीर्घकालिन लगानीकर्ताको लागि यो उपयुक्त नै देखिन्छ भने ट्रेडरले पनि भने केही पर्ख र हेरको अवस्था रहन उपयुक्त देखिन्छ । 
बोलिङगर म्याक्डी र आरएसआई 
बोलिङगर ब्यान्डमार्फत् कम्पनीको सेयर भाउलाई नियाल्दा लामो समयदेखि तल्लो ब्यान्डमा चलेको छ । मध्य ब्यान्ड २ हजार ७० रुपियाँमा पर्छ । यसभन्दा तल चलुन्जेल कम्पनीको सेयर साइडवेजमा चलको मान्न सकिन्छ । म्याक्डीमार्फत् नियाल्दा चार महिना पहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै रहेको छ हिस्टोग्राम नेगेटीभ भएता पनि केही छोटा छोटा हुँदै गएको देखिन्छ । साप्ताहिक चार्टमा आरएसआई भने लामो समय ४० को तहमा चलेको देखिन्छ । मूल्य र आरएसआईलाई नियाल्दा भने आरएसआईमा बुलिस डाइभर्जेन्स बनेको देखिन्छ । किनकी सेयरको मूल्य घट्दा आरएसआई भने अप ट्रेन्डमा चलेको देखिन्छ । 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानेर यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। 

बढेमा प्रतिरोध 
प्रतिरोध ३ –१९७०
प्रतिरोध २ –१९४७
प्रतिरोध १– १९१५
पिभट प्वइन्ट ः १८९२

घटेमा सपोर्ट 
सपोर्ट १– १८६०
सपोर्ट २– १८३७
सपोर्ट  ३ –१८०५

निष्कर्ष :

नागरिक लगानी कोष आधारभूत रुपमा बलियो कम्पनी मानिन्छ । यो कम्पनीको चुक्तापूँँजी बढ्दै जाँदा पनि खुद मूनाफा र रिर्टन अन इक्विटी बढ्दै जानु राम्रो पक्ष हो । अघिल्लो वर्षको तुलानामा गत वर्ष जगेडा कोष र प्रतिसेयर आम्दानी भने घटेको छ । यद्यपि पूँजी बढ्दा पनि रिर्टन अन इक्विटी र खुद मूनाफा बढ्नु कम्पनीको सबल पक्ष हो । तर कम्पनीको जगेडा कोष, प्रतिसेयर आम्दानी र बुक भ्यालु भने घटेको छ ।

दीर्घकालिन लगानीकर्ताहरुको लागि कम्पनीले  रिर्टन अन इक्विटी र जगेष कोषको मेन्नटेन गरुन्जेल उपयुक्त नै देखिन्छ । अल्पकालिन लगानीकर्ताहरुको लागि भने इन्डिकेटरमार्फत् हेर्दा अहिले नै २ हजार रुपैयाँभन्दा माथि भाउ नुपुगेसम्म कुनै कन्फरमेसन मिलेको देखिदैन । 
(नोट :सेयर बजारमा लगानी जोखिम पूर्णहुन्छ,यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।)