– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (सीएचडीसी) एउटा पब्लिक लिमिटेड कम्पनी हो। यो कम्पनीको मुख्य उद्देश्य भनेको जलविद्युत आयोजनाहरुमा लगानी गर्ने नै रहेको छ।
हालसम्म सीएचडीसीले ९ मेगावट विद्युत उत्पादन गरिसकेको छ भने ७३ मेगावटका विभिन्न आयोजनामा लगानी गरेको छ। ती आयोजनाहरुबाट विद्युत उत्पादनको चरणमा रहेको देखिन्छ। यो कम्पनी २०६६ साल मंसिरमा स्थापना भएको हो।
आधारभूत पक्ष
चुक्तापुँजी ८३ करोड ९४ लाख रुपैयाँ रहेको सीएचडीसीको जगेडा कोषमा ५० करोड ६४ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षमा ११ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १४.०४ रुपैयाँ रहेको छ। कम्पनीको बुक भ्यालु १६० रुपैयाँ, रिटर्न अन इक्विटी ९.५४ रुपैयाँ र मूल्य आम्दानी अनुपात (पीई रेसियो) ७१ गुणा रहेको छ।
प्राविधिक पक्ष
फियर एन्ड ग्रिडका आधारमा
फियर एन्ड ग्रिड मिटरले लगानीकर्ताको सेन्टिमेन्टलाई दर्शाउँछ। यो कम्पनीको सेयरभाउ फियर एन्ड ग्रिड मिटरमा हाल बियरिस सेन्टिमेन्ट रहेको छ। अर्थात् लगानीकर्ता डराएका छन् भन्ने हो। यो कम्पनीको ५२ साताको उच्च मूल्य प्रतिकित्ता १०८४ रुपैयाँ र न्यून मूल्य ५९५ रुपैयाँ रहेको छ। आज यो कम्पनी सेयर प्रतिकित्ता ९९२ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
सीएचडीसीमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ।
इलिअट वेभका आधारमा
इलिअट वेभमा बजार माथि जाने ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।
इलिअट वेभमार्फत हेर्दा हाल सीएचडीसीको सेयरमा वेभ ४ मा करेक्सन चल्दै गरेको देखिन्छ। पछिल्लोपटकको न्यून विन्दु ६०० रुपैयाँदेखि ८३४ रुपैयाँसम्म वेभ १, वेभ २ मा करेक्सन भएर ६७५ रुपैयाँसम्म र वेभ ३ मा बढोत्तरी १०९३ रुपैयाँसम्म र वेभ ४ मा हालको करेक्नस करिब ९५० रुपैयाँसम्म र वेभ ५ मा यो कम्पनीको सेयरभाउ बढेर १२५० रुपैयाँसम्म पुग्न सक्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा
बोलिंगर ब्यान्डका आधारमा यो कम्पनीको सेयर हाल तल्लो ब्यान्डमा चल्दै गरेको छ। बजार घट्दा कारोबार र भोलुम पनि घट्दै गरेको देखिन्छ।
म्याक्डीमार्फत हेर्दा गत ११ अगस्टमा बनेको बियरिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ। हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन्।
आरएसआई न्युट्रल जोन ४७ को तहमा रहेको छ। समग्र तीन वटै इन्डिकेटर मार्फत हेर्दा यो कम्पनीको सेयरभाउमा केही करेक्सन हुँदै गरेको र अझै केही समय चलेपछि माथि जान सक्ने देखिन्छ।
पिभट प्वइन्टका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्टः १०२०
घटेमा सपोर्ट
निष्कर्ष
सीएचडीसी नेप्सेको लगानी उपसमूहअन्तर्गत पर्छ। यो कम्पनीको उद्देश्य भनेको जलविद्युत आयोजनाहरुमा लगानी गर्ने रहेको छ। हालसम्म विभिन्न ९ मेगावटका आयोजनाहरुमा लगानी गरेर उत्पादन गरिसकेको यो कम्पनीका ७३ मेगावाट क्षमताका आयोजना निर्माणाधीन अवस्थामा छन्। आधारभुत रुपमा ठीकै देखिएको यो कम्पनी लो क्यापअन्तर्गत पर्छ। कम्पनीको नेटवोर्थ १६० रुपैयाँ रहेको छ भने कम्पनीको जगेडा कोषमा करिब ५० करोड रुपैयाँ रहेको छ।
प्राविधिक रुपमा यो कम्पनीको सेयरमा इलिअट वेभमार्फत हेर्दा वेभ ४ चलेकोले अझै केही समय करेक्सन हुन सक्ने देखिन्छ। तर, दीर्घकालमा भने कम्पनीको सेयर अझै एकपटक बढोत्तरी भएर करिब १३०० रुपैयाासम्म पुग्न सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19