काठमाण्डौ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई ४५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । 

आइतबार बिहान बसेको कम्पनीको संचालक समितिको ११६ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई ४२.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.२५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो।

यो हिसाबले कम्पनीले ३ करोड २३ लाख बराबरको बोनस सेयर वितरण गर्नेछ भने १७ लाख १ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि घोषित लाभांश सेयरधनीले पाउनेछन् । 

हाल कम्पनीको चुक्तापूँजी ७ करोड ५६ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि १० करोड ८० लाखको हाराहारीमा पुग्नेछ । 

यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा १ करोड ९३ लाख खूद नाफा आर्जन गरेको थियो ।