काठमाण्डौ । देशकै  कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकले पहिलोपटक लगानीकर्तालाई नगद लाभांश वितरण गर्ने भएको छ । यो बैंकको बिहीबार बसेको संचालक समितिको २५४ औं बैठकले ५ प्रतिशत बोनस सेयरसँगै ५ प्रतिशत नगद लाभांश समेत वितरणको निर्णय गरेको हो ।

यो बैंकले यसअघि कहिल्यै पनि लगानीकर्तालाई नगद लाभांश दिएको थिएन ।

बैंक संचालक समितिको बैठकले २०७४ असार मसान्तसम्म कायम चुक्तापूँजी ५ अर्ब ४६ करोड, हकप्रद सेयरको बिक्रीबाट प्राप्त १  अर्ब ७० करोड, अल्पाइन डेभलपमेन्ट बैंक लिमीटेड र सेती फाइनान्सको  प्राप्तिबाट प्राप्त पूँजी ५१ करोड ६३ लाख समेत गरी कायम हुन आएको हालको चुक्तापूँजी ७ अर्ब ६७ करोडको ५ प्रतिशतले हुन आउने ३८ करोड ३९ लाख बराबरको बोनस सेयर वितरणको निर्णय गरेको छ । यस्तै, यस्तै, ३८ करोड ३९ लाख बराबरकै नगद लाभांश वितरण गर्ने निर्णय समेत बैठकले गरेको नेप्सेमा प्रकाशित सूचनामा उल्लेख छ ।

संचालक समितिको यो बैठकको निर्णय नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।