काठमाण्डौ । लाभांश पारितको मुख्य अजेन्डासहित सेन्ट्रल फाइनान्स लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभा डाकेको छ।
फाइनान्सको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले सभा यही आउँदो माघ २३ गते शुक्रबार डोकेको हो। सभा र लाभांश प्रयोजनका लागि फाइनान्सले माघ १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब यो फाइनान्सको सभामा भाग लिन र लाभांश प्राप्ति गर्न माघ ११ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ।
फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। जसमा कुल चुक्तापुँजी ८२ करोड ३३ लाख ९७ हजार ८५९ रुपैयाँको ७ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख ३७ हजार ८५०.१३ रुपैयाँबराबरको बोनस सेयर र ३ प्रतिशतले हुन आउने २ करोड ४७ लाख १ हजार ९३५.७७ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19