काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।
संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको बाँडफाँडका लागि उपलब्ध मुनाफामध्ये संस्थाको चुक्तापुँजी ८८ करोड १० लाख ३५ हजार ७०९.१३ रुपैयाँको कुल ११ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा ७.७ प्रतिशतले हुन आउने ६ करोड ७८ लाख ३९ हजार ७४९.५९ रुपैयाँबराबरको बोनस सेयर र ३.३ प्रतिशतले हुन आउने २ करोड ९० लाख ७४ हजार १७८.४० रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी २५ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19