काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको पुस ३ गते बसेको बैठकले उक्त आर्थिक वर्षको बाँडफाँडका लागि उपलब्ध मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांशमा कम्पनीको चुक्तापुँजी ९४ करोड ८८ लाख ७५ हजार ४५८.७३ रुपैयाँको ५ प्रतिशतले हुन आउने ४ करोड ७४ लाख ४३ हजार ७७२.९४ रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी २६ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने कम्पनीले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago