काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभा डाकेको छ। 

कम्पनी सञ्चालक समितिको बिहीबार (पुस ७ गते) बसेको बैठकले वार्षिक साधारणसभा पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको कुपण्डोलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित कम्पनीको चुक्तापुँजी ९४ करोड ८८ लाख ७५ हजार ४५८.७३ रुपैयाँको ५ प्रतिशतले हुन आउने ४ करोड ७४ लाख ४३ हजार ७७२.९४ रुपैयाँबराबरको नगद लाभांश अनुमोदन गर्नेछ। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी २६ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने कम्पनीले जनाएको छ। 

सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक सेयरधनीहरुका तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीहरुका तर्फबाट ३ जनाको निर्वाचन गर्नेछन्। 

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछन्। 

लाभांश र सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्नेछ। यसको अर्थ पुस १७ गतेको अघिल्लो दिनसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।